• Thursday 22nd of October 2026

एकाबिहानै यसरी भयो जीप दुर्घटना, ९ जना घाइते


  • धनकुटा खबर
  • .

पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छ्न ।

आइतबार बिहान साढे ४ बजेतिर निस्दी गाउँपालिका केन्द्रबाट राम्पुर फर्किंदै गरेको बा१५छ ५९४ नम्बरको स्कार्पियो निस्दी-४ झ्याल्टुङ्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेलाई प्राथमिक उपचारपश्चात थप उपचारका लागि प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

घाइतेहरूको अवस्था मध्यम रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖