• Thursday 22nd of October 2026

अत्याधिक गर्मी भएर सडकमा ढलेका सुनारको मृत्यु


  • धनकुटा खबर
  • .

खजुरा । बाँकेमा अत्याधिक गर्मीका कारण एकजनाको मृत्यु भएको छ । बाँकेको खजुृराका सुन ब्यवसायीको गर्मीका कारण हृदयघाट भएर आज मृत्यु भएको हो ।

खजुरा बजारमा मेट्रो ज्वेलर्स संचालन गर्दै आएका टोपेन्द्र सुनारको आज मध्यान्ह मृत्यु भएको हो । मोटरसाईकलमा घरबाट पसल तर्फ आइरहेका सुनार मोटर साईकल चलाउने क्रममा घुमाएपछि मोटेरसाईकल रोकेर सडक किनारमा बेहोस भएका थिए । खजुराको धनौलीमा बेहोस भएका सुनारलाई स्थानीय र प्रहरीले उद्दार गरि अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

अत्याधिक गर्मी चर्केको मध्य दिउँसो मोटरसाइकल लिएर सडकमा निस्केका सुनार गर्मीकै कारण चक्कर लागेर सडक किनारमा बेहोस भएको स्थानीयले बताएका छन् । प्रहरीले भने यस अघि देखि नै मृतक सुनार मृगी रोगको बिरामी रहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖