• Thursday 22nd of October 2026

यसरी सुनसहित पक्राउ परे भारतीय नागरिक


  • धनकुटा खबर
  • .

काठमाडौँ । अवैध रूपमा लुकाई छिपाई लैजान लागेको सुनसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । ४३ वर्षीय नितिन महेश्‍वरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौँ आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट उक्त धातुसहित फेला पारेको प्रहरीले जानकारी दिइएको छ ।

करिब ८९ ग्रामको सुनको ब्रासलेट १ थान र सिक्री १ थानसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । यसबारे आवश्यक कारबाहीको लागि महेश्वरीलाई भन्सार कार्यालय बुझाइने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖