• Thursday 22nd of October 2026

आउन सक्छ बाढी, सतर्क रहन आग्रह


  • धनकुटा खबर
  • .

काठमाडौं । मुलुकका केही भेगमा जारी वर्षाका कारण कतिपय नदी तथा खोलामा आज जलसतह बढ्ने भएको छ ।

कोसीसहित मधेस, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भएको वर्षाका कारण बाढीको सम्भावना बढेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा लमजुङ, गोरखा, सुनसरी, मोरङ, झापा र आसपासको क्षेत्रमा मध्यम वर्षा भइरहेको छ ।

थप वर्षा हुन सक्ने विभागको अनुमान छ । वर्षाका कारण सो क्षेत्र भई बहने स–साना खोलाहरूमा समेत बहाब बढ्ने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖