• Thursday 22nd of October 2026

कार्यालयभित्रै मृत अवस्थामा फेला परेकी महिला प्रहरी जवानको केटा साथी पक्राउ


  • धनकुटा खबर
  • .

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सिरहाभित्र मृत अवस्थामा फेला परेकी प्रहरी जवानको केटा साथी पक्राउ परेका छन् ।

जेठ ३१ गते कार्यालयको महिला तथा बालबालिका सेलभित्र प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी थिइन् ।

घटनामा दैलेख घर भई बाँके बैदनाथ गाउँपालिका-२ बस्ने २७ वर्षीय पुष्कर थापा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मृतक सुनारको परिवारको उजुरीको आधारमा मगरलाई पक्राउ गरिएको हो । उनीविरूद्ध आत्महत्या दुरूत्साहन मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖