• Monday 26th of October 2026

नेपाली सेनाका महासेनानी दिरेन्द्र मल्ल बर्खास्त


  • धनकुटा खबर
  • .

काठमाडौँ— नेपाली सेनाले महासेनानी दिरेन्द्र मल्ललाई बर्खास्त गरेको छ।

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघमा कार्यरत रहेका उनलाई केही समयअघि काठमाडौं झिकाएर सेनाले नियन्त्रणमा लिएको थियो।

उनीमाथि छानबिन र कोर्ट अफ इन्क्वाइरी गठन गरी मंगलबार सेवाबाट बर्खास्त गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथि गौरवकुमार केसीले बताए।

केसीका अनुसार मल्लको कागजपत्रहरूमा कैफियत देखिएको थियो। उनको उमेर र थर सम्बन्धमा सेनाले छानबिन थालेको थियो। त्यसमा दोषी देखाउँदै सेनाले उनलाई बर्खास्त गरेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖