• Thursday 22nd of October 2026

पशुपतिको भेटी चोरेको अभियोगमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं, ५ असार । काठमाडौं जिल्ला अदालतले पशुपतिनाथको भेटी चोरेको अभियोगमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सञ्जय कपाली, कुमार दमाई र अनिल परियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

अर्का प्रतिवादी सत्यनारायण जोशीसँग भने अदालतले ३ लाख रुपैयाँ धरौटी माग गरेको छ । F

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖