• Thursday 22nd of October 2026

अत्यधिक गर्मीका कारण फुटपाथमा बस्न बाध्य १९२ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

भारतको राजधानी दिल्लीमा अत्यधिक गर्मीका कारण १९ दिनमा १९२ जनाको मृत्यु भएको छ।

भारतको विभिन्न राज्यमा अहिले पनि ४० देखि ४७ डिग्रीसम्म तापक्रम कायम रहँदा जनजीवन प्रभावित बनेको छ।

दिल्लीको सवस्थ्य मन्त्रालयका अनुसार फुटफाथमा जीवन बिताउन बाध्य १९२ जनाको गर्मीका कारण पछिल्लो १९ दिनमा मृत्यु भएको हो।

मन्त्रालयका अनुसार घरबारबिहीन नागरिक गर्मीका कारण सबैभन्दा धेरै जोखिममा रहेका छन्। जसका कारण हिटवेभ, हिटस्ट्रोक जस्ता गर्मीबाट हुने अन्य स्वास्थ्य सम्बन्धी समस्याकाका कारण उनीहरूको मृत्यु भएको बताइएको छ।

दिल्लीमा हरके वर्ष गर्मीका कारण एक सयभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖