• Thursday 22nd of October 2026

डेल्टा मार्टमा भीषण आगलागी


  • धनकुटा खबर
  • .

बुटवल । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगलागी भएको छ । बिहीबार साँझ साढे ६ बजेतिर लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

बुटवल उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो निभाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

डेल्टा मार्टमा स्टेशनरी सामग्री, कपडा, स्कुल कलेजका तयारी पोशाक, जुत्ता र खेलकुदका सामानको थोक र फुटकर बिक्री हुने गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖