• Thursday 22nd of October 2026

गोदावरीमा व्यवसायी माथि खुकुरी प्रहार


  • धनकुटा खबर
  • .

काठमाडौँ । ललितपुरको गोदावरीमा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ ।

गोदावरी नगरपालिका–९ स्थित छेडामा अज्ञात व्यक्तिहरूले खुकुरी प्रहार गर्दा भैंसेपाटी घर भएका मनोज कुमार बानियाँ घाइते भएका छन् ।

बानियाँले छेडामा ‘बतासे कटेज’ नामको रिसोर्ट बनाइरहेका छन् । ४ जनाले खुकुरी प्रहार गरेको भागेका हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताए । उनको टाउको र हातमा चोट लागेको छ ।

उनको मेडिसिटी अस्पतालमा उपचार हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖