• Thursday 22nd of October 2026

एकैदिन सुनको भाउ तोलामा २७ सय घट्यो,कतिमा हुंदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा २७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४२ हजार रुपैयाँ तोकेको छ ।

यसअघि शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ थियो । जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ५० रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला १८ सय ६५ रुपैयाँ रहेको चाँदी आज १८ सय १५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖