• Thursday 22nd of October 2026

अनलाइनमार्फत बेटिङ साइटहरुमा पहुँच राखेर सट्टेबाजी गराएको गराएको आरोपमा युवक पक्राउ, २ करोड ७२ लाख कारोबार


  • धनकुटा खबर
  • .

काठमाडौँ । अनलाइन मार्फत सट्टेबाजी गराएको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर–५ घर भएका ३० वर्षीय किपेश महर्जन छन् ।

महर्जनले विभिन्न व्यक्तिको नाममा वालेट तथा बैंक खाता संचालन गरेर २ करोड ७२ लाख कारोबार गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) काजी कुमार आचार्यले बताए ।

अनलाइनमार्फत बेटिङ साइटहरुमा पहुँच राखेर उनले ‘बाजी राख्दा जितिन्छ’ भनेर सट्टेबाजी गराएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनलाई कानुनी कारबाही गर्न अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖