• Friday 23rd of October 2026

सोह्रखुट्टे- नयाँ बजारमा सडक भासिएर कुदाउँदा कुदाउदैको मोटरसाइकल गायब भएपछि..


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको स्रोहखुट्टेस्थित नयाँ बजारमा सडक भाँसिएको छ । सडक भाँसिएर मोटसाइकल खाल्डोभित्र खसेको छ । मोटसाइकल चालक सकुशल रहेका छन् । तर माेटरसाइकल भने अझै भेटिएकाे छैन ।

सडक ९ फिट गहिरो भाँसिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार आज बिहान ५ बजे सडक भाँसिएको थियाे । भाँसिनेवित्तिकै माेटरसाइकल चालक खाल्डाेमा खसेका थिए । काठमाडौं महानगर प्रहरी र सशस्त्र प्रहरीले मोटरसाइकलको खोजी गरिरहेको छ ।

भारी वर्षाको कारण सडक भाँसिएको हुन सक्ने सडक विभागको अनुमान छ । सडक अनुगमनको लागि सडक विभागको टोली जाँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖