• Friday 23rd of October 2026

मोटरबाट पानी तानेर नुहाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु


  • धनकुटा खबर
  • .

बांके । मोटरबाट पानी तानेर नुहाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु भएको छ ।

बाँकेको कोहलपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
सोमबार बेलुका साढे ६ बजेतिर कोहलपुर नगरपालिका वडा नम्बर १३ भरैयाकी ४५ वर्षीया प्रेमा थारुको मृत्यु भएको हो।

पानी परिरहेको हुँदा मोटरमा करेन्ट प्रवाह भएको हुन सक्ने र त्यहीँबाट करेन्ट लागेको अनुमान भइ रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖