• Friday 23rd of October 2026

बागमतीमा मृत भेटिएका पुरूषको खुल्यो पहिचान


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौंको थापाथलीस्थित बागमती नदीमा मृत फेला परेका पुरूषको सनाखत भएको छ।

मृतक काठमाडौंको मैतिदेवी बस्‍ने २४ वर्षीय गोविन्द बहादुर बोहोरा छन्।
सोमबार साँझ ५ बजेतिर काठमाडौं महानगरपालिका वडा नम्बर ११ थापाथलीमा बागमती नदीले एक पुरूषलाई बगाएर ल्याएको थियो। त्यतिबेला ती पुरूषको सनाखत भएको थिएन।

शव पोष्टमर्टमका लागि प्रहरीले मंगलबार नै फरेन्सिक मेडिसिन विभाग महाराजगन्जमा पठाएको थियो।

बुधबार बिहान करिब १० बजे ती पुरूषको सनाखत भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

बैतडी पुचौडी नगरपालिका- ८ मल्लादेही घर भई काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ६ चारघरे बस्ने २८ वर्षीय बहादुर बोहोराले मृतकको सनाखत गरेका हुन्।

गोविन्द गत शनिबार पशुपति क्षेत्रबाट बेपत्ता भएका थिए। परिसरले यस घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖