• Friday 23rd of October 2026

यसरी धादिङको बीच बजार चोकमा अज्ञात व्यक्तिले कारमा सुटकेश छाडेर हिँडेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं। धादिङको बिचबजार चोकमा पार्किङ गरी राखेको गाडीमा अज्ञात व्यक्तिले सुटकेश छाडेर हिँडेपछि तनावको स्थिति सिर्जना भएको छ ।

त्रिपुरा स्टेश्नरी पसलका सञ्चालकले पार्क गरेर राखेको बा १६ च ९१९२ नम्बरको गाडीमा एक जना अज्ञात व्यक्तिले सुटकेश राखेर हिँडेका थिए ।

‘लक खुल्ला रहेछ, ती व्यक्तिले सुटकेश राखेर हिँडेको देखिन्छ’, जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी गौतम केसीले भने, ‘शंकास्पद लागेपछि हामीलाई खबर आएको थियो ।’

उनका अनुसार, ती व्यक्ति स्थानीय होइनन् । ‘शंका लागेपछि किन जोखिम लिनु भनेर कार वरिपरिको स्थानलाई सुरक्षित गरेका छौं’, केसीले थपे, ‘नेपाली सेनाको बम डिस्पोजल टोलीलाई पनि बोलाएका छौं ।’

उनका अनुसार, थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖