• Friday 23rd of October 2026

यूएईमा एक नेपाली युवकको मृत्यु


  • धनकुटा खबर
  • .

युनाईटेड अरब इमिरेट्स (यूएई) मा कार्यरत एक म्याग्देलीको डेंगुको संक्रमणबाट ज्यान गएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका-६, मराङका टपिन जुग्जाली ‘शुसिल’को गत जुन २७ तारीख राशिद अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बिरामी भएपछि उपचारको क्रममा अस्पतालमा पुगेका जुग्जालीलाई चिकित्सकले डेंगुका कारण उनको ज्यान गएको बताएपनि थप जानकारी आउन बाँकी रहेको मोना यूएईका अध्यक्ष सुवास राम्जालीले बताए ।

‘उपचारकै क्रममा मृत्यु भएको बताइएको छ, थप कानुनी प्रक्रिया पूरा गरी शब नेपाल पठाउने प्रयासमा छौ, डेढबर्षभन्दा बढी अवैध बसेकाले प्रक्रिया झन्झटिलो हुन्छ’ अध्यक्ष राम्जालीले भने ।

श्रम स्वीकृति नभएको र गैरकानुनी रुपमा बसोबास गरेकाको अवस्थामा ज्यान जाँदा शब फिर्ती प्रक्रिया झन्झटिलो हुने भएपनि नेपाली दुताबासमार्फत आवश्यक प्रक्रियाका लागि शुक्रबार जाने महासचिव काजिमान बुढाथोकीले बताए ।

मृतकको आवश्यक कागजात पराष्ट्र मन्त्रालयबाट मगाएर तथा नेपाली समाज यूएईका अध्यक्ष बेदप्रसाद अर्यालले सहयोग गरिरहेका छन् । मृतक जुग्जाली कम्पनी छोडेर बसेको र सिकिस्त बिरामी भएपछि अस्पतालमा पुगेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖