• Friday 23rd of October 2026

यी हुन् विश्वभरीका सिक्का शरीरभरी लगाएका सिक्का बाबा


  • धनकुटा खबर
  • .

आफूलाई ‘सिक्का बाबा’ बताउने एक ब्यक्तिले शरिर पुरै र हातका औंलाहरुमा समेत २ सय ६२ सिक्कै सिक्काको लुगा लगाएर ‘सिक्का यात्रामा छन् । रामबहादुर परियारले चन्दा संकलन गरी तीनपटकसम्म नेपाल फन्को मारेका छन् । नेपाललाई विश्व माझ चिनाउन र शान्तिको सन्देश साथ पटकपटक यात्रामा निस्किएका परियारले सरकारी निकायबाट सहयोग नभएको गुनासो गरे ।

उनले तीनपटक नेपालका ७७ जिल्लामा पुगेको र अब चौथो यात्रा रहेको बताए ।यात्राको क्रममा प्राप्त हुने सहयोगबाटै उनले गुजारा चलाउने गरेपनि सहयोग माग्दा भने अभद्र ब्यवहार गर्ने गरेको सर्वसाधारणले गुनासो गरेका छन्। ‘बेनीमा तेस्रोपटक आए, मलाइ नचिन्नेहरूले सहयोग गदैनन्’ परियारले भने ।

उनले अहिले विश्वभरका २ सय ६२ सिक्का शरीरभरी रहेको बताए । पोखरा महानगरपालिकाको हेम्जामा २०२६ सालमा जन्मिएका उनी सिक्का संकलन र यात्राको लागि सम्पत्ती समेत बेचेको बताए । उनले लगाएको सिक्काको पोशाक १७ केजी तौलको छ ।

गोली गाँठोदेखि शीरसम्म शरीरको अगाडि पछाडी सबैतिर विभिन्न मुलुक र नेपालका सिक्का टाँसेका छन् ।आफूले संकलन गरेको दुर्लभ सिक्का, नमुना पोशाक, तस्बिर तथा दस्तावेजलाई आवश्यकता परेमा सरकारी निकायालाई समेत दिने बताए। पोखरामा छालाको जुत्ता सिलाउने काम गर्दा उनले पोखरामा सिक्का संकलनको कार्य थालेका थिए ।

टाउकोमा नेपालको दुई वटा झन्डा र हातमा कलात्मक त्रिशूल अनि शरीरभरी सिक्काले जेलिएका छन् । उनले नेपालका नेताहरुलाई समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट सिक्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖