• Friday 23rd of October 2026

बाढीले यसरी बगायो टिपर


  • धनकुटा खबर
  • .

काठमाडौं । ललितपुरमा बाढीले एउटा टिपर बगाएको छ ।

लगातारको वर्षापछि गोदावारी नगरपालिका–१२, ठेचोस्थित नख्खुखोलामा आएको बाढीले टिपर बगाएको प्रहरीले जानकारी गराएको छ ।

शनिबार बिहान करिब ५ः२० बजे बाढीले रा१ख २६२४ नम्बरको टिपर बगाएको थियो । उक्त टिपर टीकाभैरवतर्फ जाँदै थियो ।

टिपर बगाए पनि चालक सकुशल छन् । बाढीले बगाएर केही तल पुर्‍याएको टिपर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖