• Friday 23rd of October 2026

घोप्टे भीरमा पनि खस्यो पहिरो


  • धनकुटा खबर
  • .

चितवन । फिस्लिङको बाटो एकतर्फी सञ्चालनमा आएको केही बेरमै घोप्टे भीरमा पहिरो खस्दा पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका- ३ घोप्टे भीरमा सडक माथिबाट ढुङ्गासहितको पहिरो खस्दा बाटो दुईतर्फी अवरोध भएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक सूचना जारी गर्दै दिउँसो २ बजेर ५५ मिनेट जाँदा खसेको पहिरो हटाउन एक घण्टाभन्दा बढी समय लाग्ने जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖