• Friday 23rd of October 2026

रेडबुल कम्पनीको डिलर इन्चार्ज मृत फेला


  • धनकुटा खबर
  • .

सिन्धुलीको एक होटलको कोठामा एक व्यक्ति मृत फेला परेका छन्।

सिन्धुली कमलामाई-६ राममाडीस्थित मुस्कान होटलको दोस्रो तलाको १०३ नम्बरको कोठामा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी-६ बस्ने ४१ वर्षीय नारायण बोहोरा मृत फेला परेका हुन्।

उनले गत माघदेखि उक्त होटलको कोठा भाडा लिएर बस्दै आएका थिए।
प्रहरीका अनुसार उनी ओखलढुंगा, सिन्धुली, सोलुखुम्बु र खोटाङको रेडबुल कम्पनीको डिलर इन्चार्ज हुन्।

शुक्रबारदेखि उनलाई सम्पर्क गर्दा फोन सम्पर्क नभएपछि कम्पनीको स्टाफ होटलमा आउँदा ढोका ढक्ढक्याउँदा पनि ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो।

खबर पश्चात प्रहरी चौकी ढुंग्रेवास र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी निरीक्षकको कमाण्डमा समेत टोली खटेर ढोका खोल्दा उनी घोप्टो परी सुतिरहेको अवस्थामा मृत फेला परेको प्रहरी नायब उपरीक्षक अनिल कमार खड्काले बताए।

घटनापश्चात शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएको उनले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖