• Friday 23rd of October 2026

भारतमा चारजना नेपाली कामदारको विभत्स हत्या


  • धनकुटा खबर
  • .

काठमाडौं, असार २३ । भारतमा चारजना नेपाली कामदारको घाँटी रेटेर हत्या गरिएको छ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार सिलोङ्गमा काम गर्दै आएका चारजना नेपालीको उम्प्लेङ बजार नजिकै शनिवार दिउँसो घाँटी रेटेको अवस्थामा शव फेला परेको हो। हत्या गरिएका चारैजना कामदारको हात बाँधिएको, शरीरमा निर्घात कुटपिट गरिएका निशानहरू फेला परेका छन्।

स्थानीय प्रहरी प्रमुख गिरी प्रसादले शव फेला परेका चारैजना नेपाली नागरिक रहेको पुष्टि गरेका छन्। तीमध्ये एकजनाको सनाखत भएको छ। सनाखत हुनेमा ईलामका २३ वर्षीय रवि राई रहेको गिरी रहेको जनाइएको छ । बाँकी तीन जनाको सनाखत हुन बाँकी रहेको र घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖