• Friday 23rd of October 2026

कोशी ब्यारेजमा रातो झन्डा,५६ वटै ढोका खोलियो


  • धनकुटा खबर
  • .

विराटनगर । पहाडी इलाकामा परेको अविरल वर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ ।

सुनसरी प्रहरीले दिएको जानकारी अनुसार आज बिहान ९ः०० बजेको मापन अनुसार पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको छ ।

पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झन्डा गाडिएको छ भने ब्यारेजको ५६ वटै ढोका खुलेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖