• Friday 23rd of October 2026

६ तले भवन भत्किँदा ७ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

सुरत । भारतको गुजरात राज्यको सूरतमा ६ तले भवन भत्किँदा ७ जनाको मृत्यु भएको छ । १२ घण्टादेखि जारी उद्धार कार्यमा ७ जनाको शव निकालिएको जिल्ला डीएसपी राजेश परमारले बताएका छन् ।

भग्नावशेष हटाउने काम जारी रहेको बताइएको छ । गुजरातको सुरतको सचिन पाली गाउँमा ६ तले भवन भत्किएको थियो ।

यो घटना शनिबार दिउँसो ३ बजेतिरको हो । घर भत्किँदा निकै ठुलो आवाज आएको थियो । आवाज सुनेर वरपर बस्ने मानिसहरूले भूकम्प आएको ठानेका थिए ।

मानिसहरू घरबाट बाहिर निस्किएपछि नजिकैको भवन भत्किएको देखे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖