• Friday 23rd of October 2026

नदीमा आएको बाढीमा बगेर बेपत्ता भएका एक जनाको शव फेला


  • धनकुटा खबर
  • .

दाङ, असार २३ । शनिबार राप्ती नदीमा आएको बाढीमा बगेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ ।

राजपुर गाउँपालिका– २ बेला निवासी १७ वर्षीय राजकुमार यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख राम बहादुर केसीले जानकारी दिए ।

दुध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान करिब साढे ९ बजे लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर घाटबाट उनी बगेर बेपत्ता भएका थिए । केसीका अनुसार बेपत्ता यादवको शव आइतबार बिहान साढे ७ बजे फेला परेको हो ।

उनका अनुसार यादवको शव हस्नापुर घाटदेखि करिब एक सय ५० मिटर पश्चिमतर्फ बगरमा फेला परेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖