• Friday 23rd of October 2026

केटाहरू लिएर मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी मीना ढकाल पक्राउ


  • धनकुटा खबर
  • .

भक्तपुर – पछिल्लो समय विभिन्न विवादित अभिव्यक्ति दिँदै आएकी मीना ढकाललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरको ढकाललाई साइबर क्राइमसम्बन्धी मुद्दामा पक्राउ गरिएको जानकारी दिएको छ ।

प्रहरीका अनुसार ढकाल दलबलसहित आइतबार बिहान भक्तपुरको बालकोटस्थित मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी थिइन् ।

गजुरेलसँग सम्बन्ध विच्छेद गरेको लामो समय बितिसक्दा पनि उनले पछिल्लो पटक बालकोटको घर आफ्नो भन्दै त्यहाँ आफू बस्ने बताइरहेकी थिइन् ।

डीएसपी कार्कीले बालकोटस्थित गजुरेलको घरमा ताला लगाउन केही युवाहरूसहित पुगेको अवस्थामा ढकाललाई नियन्त्रणमा लिएको जानकारी दिका छन् ।

मीना दलबलसहित बालकोट पुग्दा उनका पूर्वपति मनोज भने घरमा थिएनन् । उनले मनोजकी ८५ वर्षीया आमालाई धाकधम्की दिएर घरमा चाबीसमेत लगाइसकेकी थिइन् ।

मनोजको घरमा चाबी लगाएर बाहिरिँदै गरेको अवस्थामा छिमेकीहरूले प्रहरीलाई खबर गरिदिएका थिए। त्यसपछि तत्कालै पुगेको प्रहरीले मीनालाई हिरासतमा लिएको हो ।

मनोजले मीनासँगको सहमतिमै २०७४ सालमा सम्बन्धविच्छेद गरेका थिए । उनले अहिले अर्को बिहेसमेत गरिसकेका छन् ।

तर मीनाले सामाजिक सञ्जालमा मनोजको चरित्रहत्या गरिरहेपछि साइबर क्राइमसम्बन्धी उजुरी परेको थियो । उजुरी परिसक्दा पनि मीना आइतबार दलबलसहित मनोजको घरमा ताला लगाउन जाँदा समातिएकी हुन् ।-अन्नपूर्ण टाइम्स

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖