सुर्खेत । अविरल वर्षातका कारण पहिरो गएर सुर्खेत–दैलेख सडक अवरुद्ध भएको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगरदेखि दैलेख सदरमुकाम जोड्ने उक्त सडक अवरुद्ध भएसँगै यातायातका साधनहरू आवतजावत रोकिएको छ ।
उक्त सडकको गुराँस गाउँपालिका–४ तालपोखरी र रिठाको बिचमा पहिरो गएको हो ।
दैलेख प्रहरीका अनुसार बाटो पूर्ण रूपमा अवरुद्ध भएको र बाटो खुलाउने पहल भइरहेको छ ।
