चितवन । चितवनको नारायणगढस्थित नारायणी नदीको पुलबाट आइतबार बिहान एकजना पुरुष हामफालेका छन् ।
बिहान पौने ११ बजे साइकल चढेर पुल छेउ आएका ती मानिस छेउमा साइकल राखेर उर्लिरहेको नारायणीमा फाल हाले ।
करिब ५० देखि ५५ वर्षका ती पुरुष पुलबाट बाढी उर्लिएको नारायणीमा हाम फालेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनी बेपत्ता छन् । पहिचान खुलेको छैन । उनलाई खोज्न विपद् व्यवस्थापन इकाइको प्रहरी टोली खटाइएको छ ।
उनले पुलमा छाडेको साइलमा चप्पल र टोपीलगायतका सामान छन् । आफूले लिइएको निर्णयबारे परिवारलाई थाहा होस् भनेर उनले ती सामग्री छाडेको हुनसक्ने आकलन छ।
