• Friday 23rd of October 2026

कांग्रेस कार्यालयमै नेविसंघ केन्द्रीय सदस्य नेपालमाथि कुटपिट


  • धनकुटा खबर
  • .

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निराजन नेपालमाथि सानेपामा कुटपिट भएको छ।

स्ववियू परिषद नेपालका अध्यक्षसमेत रहेका नेपालमाथि आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कुटपिट भएको हो।

नेपालमाथि सन्जय बुढाथोकी नेतृत्वको समूहले कुटपिट गरेको आरोप छ। उनीमाथि के कारणले कुटपिट भएको हो भन्ने विस्तृत खुलेको छैन। कुटपिटबाट केन्द्रीय सदस्य नेपालको नाकमा चोट लागेको छ।

घाइते भएका नेपाललाई स्टार अस्पतालमा उपचार गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖