• Friday 23rd of October 2026

घट्दै सप्तकोशीमा पानीको बहाव


  • धनकुटा खबर
  • .

विराटनगर । सप्तकोशीमा पानीको बहाव घट्न थालेको छ । आइतबार साँझ ७ बजेको मापन अनुसार कोशी ब्यारेजमा सप्तकोशीको बहाव ३ लाख ७६ हजार ३३५ क्यूसेक रहेको छ ।

आइतबार दिउँसो ३ बजेको मापन अनुसार उक्त नदीको बहाव ३ लाख ९३ हजार ७१५ पुगेको थियो ।

दिउँसो १ बजे ३ लाख ८६ हजार ७३५ क्यूसेक थियो । ब्यारेजको क्षमता ९ लाक क्यूसेक भएपनि बालुवा थुप्रिएको कारण ४ लाख क्यूसेक भन्दा बढी पानीको बहाव भए खतरा मानिने विज्ञहरू बताउँछन् ।

आइतबार बिहान ९ बजेको मापन अनुसार ३ लाख ६८ हजार क्यूसेक पानी रहेको भएपनि ११ बजे उक्त बहाव बढेर ३ लाख ७५ हजार ९३० पुगेको थियो । पानीको बहाव बढेसँगै ब्याजेरका ५६ वटै ढोका खोलिएका छन् ।

आइतबार बिहान ७ बजेको मापन अनुसार पानीको बहाव ३ लाख ४२ हजार क्यूसेक थियो । ८ बजे बढेर ३ लाख ४९ हजार क्यूसेक पुगेको थियो । तीव्र रूपमा बढिरहेको पानीको बहाव साँझदेखि भने घट्न थालेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖