• Friday 23rd of October 2026

यी मन्त्रीले गरे कार्यक्रम उद्घाटन गरेको पैसा लिएको खुलासा


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । भारतका केन्द्रीय मन्त्री गोपी सुरेशले उद्घाटनका लागि पैसा मागेका छन् । अभिनेता सुरेश गोपी त्रिसुर सिट जितेर लोकसभामा पुगे हुन् । सो सिटमा उनको जीत भाजपाको लागि ऐतिहासिक सफलता थियो । पहिलो पटक भाजपाको टिकटमा कसैले जितेर संसद्‌मा पुगेका थिए । भाजपाले उनलाई पर्यटन तथा पेट्रोलियम र प्राकृतिक ग्यास राज्यमन्त्री बनाएको छ ।

सुरेश गोपीले यसअघि नै राजनीतिका लागि अभिनय नछाड्ने स्पष्ट पारिसकेका छन् । सांसद पद जित्ने बित्तिकै उनले फिल्ममा अभिनय जारी राख्ने घोषणा गरेका थिए । आफूले कमाएको रकमको केही हिस्सा जनता र समाजको हितमा खर्च गर्ने पनि उनले बताए । जसका कारण मानिसहरुले उनको धेरै प्रशंसा गरेका थिए । तर उनको पछिल्लो बयानपछि उनी विवादमा आएका छन् ।

एउटा कार्यक्रममा सुरेश गोपीले चलचित्र क्षेत्रका अन्य कलाकारहरूले जस्तै आफू पनि कार्यक्रममा जाने र उद्घाटन कार्यक्रमका लागि पनि पैसा लिने बताएका छन् । उनले भने, ‘जब जब म कुनै कार्यक्रममा जान्छु, सांसद भएकै नाताले उद्घाटन गर्छु भन्ने नसोच्नु । म अभिनेता बनेर आउनेछु । अरु साथीहरूले जस्तै म पनि उद्घाटन गरेबापत पारिश्रमिक लिनेछु’ । यद्यपि सुरेश गोपीले पनि यसबाट आउने पैसा सबै आफ्नो ट्रस्टमा जाने र कल्याण कार्यमा जनताको भलाईका लागि खर्च हुने बताएका छन् ।

सामान्यतया सांसद वा मन्त्रीले कार्यक्रमको उद्घाटन गर्दा पैसा माग्दैनन् । तर सुरेश गोपी चर्चित अभिनेता पनि हुन् । त्यसो भए उनले उद्घाटन गरेबापत पैसा लिन सक्दैनन् त ? सांसदको दोस्रो आम्दानी हुन सक्छ कि सक्दैन् ? भारतको संविधान अनुसार कुनै पनि सांसद वा विधायक तलब वा भत्ता समेत कुनै लाभ मिल्ने पदमा बस्न सक्दैनन् । उद्घाटनको पैसा लिन्छु भन्ने अभिव्यक्ति पछि सुरेश गोपी विवादमा मुछिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖