• Friday 23rd of October 2026

दोस्रो विश्वयुद्ध लडेका समाजसेवी बबजरजंग थापाको १०३ वर्षको उमेरमा निधन


  • धनकुटा खबर
  • .

सर्लाही । दोस्रो विश्वयुद्धमा सहभागी भएका सर्लाहीको हरिवन निवासी बबरजंग थापाको १०३ वर्षको उमेरमा निधन भएको छ। उनको आज (सोमबार) बिहान हरिवन नगरपालिका ९ सुखेपोखरीस्थित आफ्नै निवासमा निधन भएको हो।

‘उहाँ कोठामा एक्लै सुत्नुहुन्थ्यो,’ थापाका नाती प्रतिक कार्कीले भने, ‘बिहान नौ बजे खाना खानको लागि बोलाउन जाँदा उहाँको निधन भइसकेको पायौँ।’

वि.सं.१९७८ साउन ५ गते सिन्धुलीको रातामाटामा जन्मिएका थापा १८ वर्षको उमेरमा अंग्रेज सेनामा भर्ना भएर दोस्रो विश्वयुद्धमा सहभागी भएका थिए। आफूले बर्मा राइफलमा भर्ना भएर तीन वर्षसम्म अंग्रेज सेनाका तर्फबाट दोस्रो विश्वयुद्ध लडेको एक वर्षअघि थापाले नेपालखबरसँगको कुराकानीमा बताएका थिए।

दोस्रो विश्वयुद्धबाट फर्किएपछि थापाले हरिवनमा पहिलो विद्यालय स्थापना गर्नुका साथै तत्कालिन हरिवन गाउँ पञ्चायतको उपाध्यक्ष भएर पनि काम गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖