• Friday 23rd of October 2026

रौतहटमा दुई जनाको शव फेला, एक युवक बेपत्ता


  • धनकुटा खबर
  • .

रौतहट — रौतहटको छुट्टाछुट्टै स्थानमा सोमबार बागमती नदीले बगाएर ल्याएको अवस्थामा दुई जनाको शव फेला परेको छ। रौतहटमै बाढीमा परेर एक युवक भने बेपत्ता छन्।

माधव नारायण नगरपालिका– ९ गढो गाउँ नजिक बाग्मती नदी किनारमा अन्दाजी ५३ वर्षीय पुरुषको शव फेला परेको छ।

सशस्त्र प्रहरीको टोलीले शवलाई बाहिर निकाली पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ। शवको अहिले सम्म सनाखत हुन सकेको छैन।

त्यस्तै, सशस्त्र प्रहरीका अनुसार यमुनामाई गाउँपालिका–४ स्थित नदी किनारमा अन्दाजी ३० वर्षीय महिलाको शव फेला परेको छ। साे शवको पनि सनाखत हुन सकेको छैन।

सशस्त्र प्रहरीका अनुसार गरुडा नगरपालिका–५ महम्मदपुरका अनिल यादव बिहान घरबाट शौच गर्न बाहिर निस्केको बेला बेपत्ता भएका छन्।
उनको खोजी गर्ने क्रममा नजिकको तलाउमा कपडा फेला पारे पछि डुबेको आशङ्का गरिएको छ। सशस्त्र प्रहरीले विपद उद्धार सामाग्री सहित तलाउ वरपर खोजी गरिरहेको छ।

यादव अहिले सम्म फेला नपरेको सशस्त्र प्रहरीले जनाएको छ। केही दिन देखि परेको वर्षाका कारण बागमतीमा आएको बाढीले बगाएको हुन सक्ने सुरक्षाकर्मीको ठम्याई छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖