काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा तने बोडीको भाउ महँगिएको छ । सिजन सकिन थालेसँगै तने बोडीको भाउ मंगलबार प्रतिकिलो १०० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा तने बोडी ६९ प्रतिशत महँगिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
समितिका अनुसार अघिल्लो दिनको तुलनामा घिउ सिमी १०, हरियो फर्सी ४४, भिण्डी १८, डल्ले च्याउ ८ प्रतिशत महँगिएको छ । कालीमाटीमा अहिले सबैभन्दा महँगो तरकारी ब्रोकाउली भएको छ । ब्रोकाउलीको भाउ प्रतिकिलो ५ सय रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ३३३ प्रतिशत महँगिएको हो ।
सोमबार कालीमाटी बजारमा ठूलो नेपाली गोलभेँडा अधिकतम प्रतिकिलो १२० रुपैयाँ छ भने सानो गोलभेँडा ५० रुपैयाँ छ ।
घिउ सिमी १२०, तिते करेला ५०, लौका ६०, भिण्डी ९०, कन्य च्याउ १८०, डल्ले च्याउ ३५०, कुरिलो २५०, परवर ४०, घिरौंला ८०, लाम्चो भन्टा ७० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको समितिले जनाएको छ । प्याज ९५ तथा रातो आलु प्रतिकिलो ६६ रुपैयाँमा कारोबार भएको छ ।
