• Friday 23rd of October 2026

बोलेर दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते


  • धनकुटा खबर
  • .

रामेछाप । मन्थली नगरपालीकाको वडा नम्बर ७ र खाँडादेवी गाउँपालीका वडा नः ९ को सिमानमा बोलेरो गाडी दुर्घटना भएको छ । सोमबार साझँ भएको दुर्घटनामा एक जनाको मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ ।

रामेछापका प्रहरीले निरिक्षक दिनेश थापाका अनुसार दुर्घटनामा परि ९ जना घाइते भएका छन् । प्रदेश ३ च ३९०९ नम्बरको बोलेरो जिप दुर्घटनमा परेको हो ।

दुर्घटनामा परि मन्थली नगरपालीका ७ की ६५ वर्षीय माया बिकको मृत्यु भएको छ । घाईतेको उपचारका लागि मन्थली अस्पताल ल्याइएको छ । घटनाका बारेमा थप बिवरण संकलन भइ रहेको रामेछाप प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖