• Saturday 24th of October 2026

कञ्चनपुरमा बाढीले ज्यान गुमाएका ३ किशोरीको सामूहिक अन्त्येष्टि, शोकमा डुब्यो पुनर्वास


  • धनकुटा खबर
  • .

बाढीमा ज्यान गुमाएका कन्चनपुर नगरपालिकाका तीन किशोरीको सामूहिक दाहसंस्कार गरिएको छ ।

आज तीनै जनाको दोदा घाटमा सामूहिक दाहसंस्कार गरिएको पुनर्वास नगरपालिका–५ का वडा अध्यक्ष पदमबहादुर रोकायाले जानकारी दिनुभयो ।

हिजो दिउँसो पुनर्वास नगरपालिका–५ गाउँका १६ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सृजना बोगटी र १३ वर्षीया आरती बोगटीको रातोखालीमा डुबानमा परेर निधन भएको थियो ।

दाहसंस्कारमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी पनि सहभागी थिए । मुख्यमन्त्री सोडारीले पीडित परिवारलाई क्षतिपूर्तिस्वरुप प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖