• Saturday 24th of October 2026

स्कुटर दुर्घटना हुँदा दाजुको मृत्यु, बहिनी गम्भीर घाइते


  • धनकुटा खबर
  • .

पाल्पा, असार २७ । पाल्पामा ट्रक र स्कुटी ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । बुधबार बेलुका पाल्पाको तिनाउ–३, दोभान नजिकै भएको दुर्घटनामा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका(४, डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारी रहेको प्रहरीले जनाएको छ ।

यस्तै स्कुटरको पछाडि सवारी विवेककी बहिनी १७ वर्षीया रश्मी अधिकारी गम्भीर घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ८६ प ६५१ नम्बरको स्कुटरले सोही दिशातर्फ आइरहेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई उछिन्ने क्रममा ठक्कर खादा दुर्घटना भएको पाल्पा प्रहरीका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका विवेकलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । घाइते रश्मीको भने उपचार जारी रहेको छ । ट्रकका चालककलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖