एजेन्सी । भगवान शिवलाई साउन महिना अति प्रिय हुन्छ । यस वर्ष ७२ वर्षपछि साउनमा ग्रह र नक्षत्रको स्थितिका कारण अचम्मको संयोग जुरेको छ । साउन महिनाको ७ गते प्रीति, आयुष्मान र सिद्धि योग बनिरहेको छ ।
साउन महिना भगवान शिवको आराधनाका लागि विशेष हुने भएकाले यस महिनामा केहि राशिका मानिसलाई भगवान शिवको अपार आशीर्वादको वर्षा हुनेछ । साउन महिनाका भाग्यशाली राशिका बारे जान्नुहोस् ।
मेष राशि
मेष राशिका लागि साउन महिना धेरै शुभ रहनेछ । आर्थिक स्थितिमा सुधार आउनेछ । तपाईंको जीवन साथीसँगको सम्बन्ध पहिलेको भन्दा बलियो हुनेछ । भगवान शिवको आराधना गर्नाले वांछित फल प्राप्त हुन्छ । रोजगारीको स्थितिमा सुधार सम्भव छ ।
सिंह राशि
साउन महिनामा सिंह राशिका व्यक्तिहरूको जीवनमा चमत्कारी परिवर्तन देखिनेछ । भौतिक सुख सुविधा बढ्नेछ । घरेलु सुखमा वृद्धि हुनेछ । यात्रा लाभदायी साबित हुनेछ । व्यक्तिगत र व्यावसायिक रूपमा प्रगति हुनेछ । यस अवधिमा केहि शुभ समाचार प्राप्त हुन सक्छ ।
धनु राशि
धनु राशिका लागि साउन महिना विशेष हुन्छ । भगवान शिवको कृपाले तपाईको आर्थिक समस्या समाधान हुनेछ । दाम्पत्य जीवनमा सुधार आउनेछ । आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन् । आर्थिक उन्नति हुनेछ । केहि शुभ समाचार प्राप्त हुन सक्छ ।
मकर राशि
मकर राशिका लागि साउन महिना सुखद रहनेछ । पहिले बनाएका योजनाहरू कार्यान्वयन गर्ने समय छ । आर्थिक रुपमा प्रगति हुनेछ । जीवन साथी
