• Saturday 24th of October 2026

गैँडाकोटमा दुई शव भेटिए, सिमलताल घटनाकै रहेकाे आशङ्का


  • धनकुटा खबर
  • .

नवलपरासी पूर्वको गैँडाकोट-१० मा दुई जनाको शव भेटिएको छ। नारायणी नदी किनारमा ती शव भेटिएको प्रहरीले जनाएको छ।

फेला परेका शव सिमलताल घटनाका रहेको अनुमान गरिएकाे छ। यद्यपि प्रहरीले पुष्टि गरेको छैन। सनाखत भएपछि पुष्टि गर्न सकिने प्रहरीले जनाएको छ।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा शुक्रबार दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका थिए। एन्जल वीरगन्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए।

बेपत्ता बस र यात्रुको खोजी कार्य चलिरहेको छ। यसअघि एक जना भारतीय नागरिकको शव फेला परेकाे थियाे। उक्त शव साेही घटनामा परेका बसमा सवार यात्रीकाे रहेको पुष्टि भइसकेकाे छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖