• Saturday 24th of October 2026

७ जना मृत अवस्थामा फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

कास्की, पोखरा महानगरपालिका-१६ कालिखोला बस्ने ७२ वर्षीय सार्की तामाङ सोही ठाउँ स्थित कालिखोलाको बगरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

भोजपुर, टेम्केमैयुम गाउँपालिका-९ छिकुवा बस्ने ४६ वर्षीया लिला राई आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

चितवन, भरतपुर महानगरपालिका-२८ गोलाघाट स्थित नारायणी नदीको किनारमा भारत बिहार सितामणी बर्गेनिया जमुनिया बस्ने २८ वर्षीय ऋषि पल साह शनिबार मृत अवस्थामा फेला परेका छन् ।

कपिलवस्तु, महाराजगंज नगरपालिका-३ जमुनी स्थित सडक छेउको नालीमा बुद्धभूमि नगरपालिका-१० धनकौली बस्ने ४२ वर्षीय प्रभु रैदास (चमार) शनिबार मृत अवस्थामा फेला परेका छन् ।

नुवाकोट, लिखु गाउँपालिका-५ पहरेखेत स्थित लिखु खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

उदयपुर, चौदण्डीगढी नगरपालिका-५ सिवाई स्थित त्रियुगा खोलाको बीचमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-३ शितलबजार स्थित त्रिशुली नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५२ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖