• Saturday 24th of October 2026

प्रहरी जवानको परीक्षा दिँदै गरेका ६ जना नक्कली परीक्षार्थी पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल प्रहरीका जनपद तर्फका प्रहरी जवानको लिखित परिक्षा दिएको आरोपमा प्रहरीले ६ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

उनीहरु काठमाडौँको परीक्षा केन्द्रबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा कालिकोट घर भएका २२ वर्षीय अभिषेक शाही, कञ्चनपुर घर भएका २४ वर्षीय ईशाक तामाङ, दोलखा घर भएकी १७ वर्षीया तृप्ती सुन्दास, कञ्चनपुर घर भएका २२ वर्षीय पारस बुढा, दार्चुला घर भएका रबिन्द्र महरा र बैतडीका दिनेश चन्द छन् ।

प्रहरी जवानको लिखित परिक्षाको लागी छनोट भएका ६ जनाको नाममा उनीहरु परीक्षा दिन आएका हुन् ।

आरोपीहरुबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनीहरुलाई प्रहरी वृत्त गौशाला, बानेश्वर र सिंहदरबारको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖