• Saturday 24th of October 2026

अण्डाको मूल्य बढ्यो, कति पुग्यो क्रेटको ?


  • धनकुटा खबर
  • .

काठमाण्डौ। नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ। संघको शुक्रबार बसेको बैठकले (आज) शनिबारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाएको हो।

बैठकले देशभर अण्डाको एउटै मूल्य लागु गर्नका लागि चितवनलाई आधार मानेको छ। संघका सचिव मदन पोखरेलका अनुसार नयाँ मूल्य मिडियम साइजको अण्डा प्रतिक्रेट ४९० रुपैयाँ पर्नेछ।

त्यस्तै, ठूलो अण्डा प्रतिक्रेट ५१० र सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट ५३० रुपैयाँ पर्नेछ। यसअघि मध्यमस्तरको अण्डा प्रतिक्रेट ४९० र मझौला अण्डाको मूल्य प्रतिक्रेट ४६५ कायम गरिएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖