• Saturday 24th of October 2026

त्रिशूलीमै बिलायो सृष्टिको बिदेश जाने सपना, बुबा भन्छन्- ‘शव भेटाएर दाहसंस्कार गर्न पाइयोस्’


  • धनकुटा खबर
  • .

बारा । कलैया उपमहानगरपालिका १४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका बससँगै बेपत्ता छिन् । रेडियोग्राफीको तालिमपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरका रूपमा कार्यरत उनी परिवारको सहारा थिइन् ।

जागीरे भएपनि उनी सन्तुष्ट थिइनन्, त्यसैले थप कमाइका लागि विदेश जान भनेर उनी परीक्षाका लागि काठमाडौं जाँदै थिइन् तर काठमाडौं नपुग्दै त्रिशूलीमै बेपत्ता भइन् । योसँगै उनको परिवारको सपनासमेत त्यही अस्ताएको छ ।

सृष्टिका बुबा जगदीशप्रसाद यादवले जापान जान परीक्षा दिन काठमाडौं गएकी छोरी शुक्रबार बससँगै त्रिशूलीमा बेपत्ता भएको बताए । छोरीको शवको पर्खाइमा जगदीश रातदिन त्रिशूली नदीको किरानामा भौतारिरहेका छन् ।

“छोरीको सपना पूरा भएन, उसँगै हाम्रो सपना पनि त्रिशुलीले बगायो तर अब अन्तिम इच्छा छ छोरीको शव भेटाएर आफ्नो संस्कार अनुसार दाहसंस्कार गर्न पाइयोस्”, उनको भनाइ छ ।-तेराइ अनलाइन

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖