• Saturday 24th of October 2026

अनन्त अम्बानीले बिहेमा लगाएको शेरवानीको मूल्य २१४ करोड


  • धनकुटा खबर
  • .

विश्वकै धनाढ्यमध्ये एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टले विवाह गरिसकेका छन्।

उनीहरूले जुलाई १२ मा विवाह गरेका हुन्। उनीहरूको विवाहमा सहभागी हुन भारत र अन्य देशबाट थुप्रै व्यक्तिहरू आएका थिए। अनन्त र राधिकाको विवाह लगातार चर्चाको विषय बनेको छ।

यसैबीच अनन्तको पहिरनको बारेमा रोचक कुरा बाहिरिएको छ। अनन्तले आफ्नो विवाहमा सुन र हिराबाट बनेको शेरवानी लगाएका थिए।
भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार उक्त शेरवानीको मूल्य २१४ करोड भारू हो। अनन्तले शेरवानीमा हात्तीवाला ब्रोच लगाएका थिए। जसको मूल्य १४ करोड थियो।

यतिमात्र होइन अनन्तले निकै महँगो घडी पनि लगाएका थिए। उनले विवाहमा लगाएको घडीको मूल्य ५४ करोड भारू हो।

त्यस्तै उनकी श्रीमती राधिका मर्चेन्टले लगाएको लेहेंगा फेसन डिजाइनर रिया कपूरले तयार पारेकी हुन्। राधिकाले गुजराती झल्को दिने लेहेंगा लगाएकी थिइन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖