• Saturday 24th of October 2026

बाँदर धपाउन किसानलाई गुलेली र मट्याङ्ग्रा वितरण


  • धनकुटा खबर
  • .

काठमाडौँ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले बाँदर लखेट्न किसानहरूलाई गुलेली र मट्याङ्ग्रा वितरण गरेको छ ।

पछिल्लो समय बाँदर, सुगासहितका जंगली जनावरले अन्नबालीमा हानी पुर्‍याएपछि नियन्त्रणका लागि गुलेली र मट्याङ्ग्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

अहिले स्याहार गर्ने बेलाको मकैबारीमा सबैभन्दा धेरै बाँदर र सुगाले हैरान पारेको गुनासो आएपछि वडा नं. २ र ३ का किसानलाई गुलेली र मट्याङ्ग्रा वितरण गरिएको गाउँपालिका भनाई छ ।

ग्रामीण क्षेत्रमा जनसङ्ख्या घट्दै जाँदा जंगलको क्षेत्र विस्तार भएको छ । जसले गर्दा बाँदर र अन्य जंगली जनावरले किसानलाई हैरान पारेका छन् । गाउँपालिकाले पहिलो चरणमा वडा नं ३ का ३० र वडा नं २ का २५ घर किसान परिवारलाई गुलेली र मट्याङ्ग्रा वितरण गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖