• Saturday 24th of October 2026

फोहोर विसर्जन स्थलमा ८ जना महिलाको शव फेला


  • धनकुटा खबर
  • .

नैरोबीको एउटा बस्तीमा रहेको फोहर विसर्जन स्थलबाट हालसम्म आठजना महिलाको शव फेला परेको केन्याका कार्यवाहक प्रहरी प्रमुखले आइतबार बताएका छन् ।

“उनीहरूलाई विभिन्न अवस्थामा गम्भीररूपमा कुहिएको र बोराहरूमा छोडिएको थियो”, डगलस कान्जाले पत्रकार सम्मेलनमा भने ।

फेला परेका शवका बारेमा अनुसन्धान जारी छ । पहिलो छ शव शुक्रबार र शनिबार थप दुई महिलाको शव फेला परेको कान्जाले बताए ।

“म जनतालाई आश्वस्त पार्न चाहन्छु कि हामी पारदर्शी, पूर्ण र छिटो अनुसन्धान गर्न प्रतिबद्ध छौँ”, उनले भने ।

गत महिना सरकार विरोधी प्रदर्शनका क्रममा दर्जनौँ प्रदर्शनकारीको मृत्यु भएपछि सार्वजनिक आक्रोशका कारण राष्ट्रिय प्रहरी प्रमुख जाफेट कुमेले राजीनामा दिएपछि कान्जाले यस हप्ता मात्र आफ्नो पद ग्रहण गरेका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖