• Saturday 24th of October 2026

साउनमा महिलालाई के उपहार दिने? यी प्याकेज हुन सक्छन् उपयुक्त


  • धनकुटा खबर
  • .

महिलाहरूले साउन महिनालाई विशेष मान्छन्। विवाहित होस् वा अविवाहित प्राय: महिलाहरू यो महिना हरियो र पहेँलो पहिरनमा सजिन्छन्।

साउनमा हरिया र पहेला चुरासँगै सारी, कुर्था सुरूवाल, नेलपोलिस, मेहेन्दी लगाइन्छ। यी सबै सामानहरू आजभोलि प्रत्येक पसलमा खोज्दै हिड्नुपर्ने झन्झट छैन। किनकी विभिन्न पसलहरूले प्याकेजमा उपहार बनाउने गरेका छन्।

साना ठूला चाडपर्वहरूमा विशेष मानिने परिकार, विभिन्न डिजाइनका पोशाक, श्रृंगारका सामग्रीहरू एउटै प्याकेजमा बनाइरहेका हुन्छन्। जसले गर्दा चाडपर्वहरूमा एकअर्कालाई उपहार दिने चलन पनि बढेको छ।
तपाईं पनि यसपालिको साउनमा कसैलाई उपहार दिन चाहनुहुन्छ? के-के दिने भनेर अन्योलमा हुनुहुन्छ भने यी पसलहरूले बनाएको कम्बाे प्याकेज तपाईंका लागि उपयुक्त हुन सक्छ।

गिफ्टमान्डुले सधैं झै यसपालि साउन/तीजका लागि विशेष प्याकेज तयार गरिसकेको छ। हरेक चाडपर्वमा फरक खालका उपहारको प्याकेज बनाउने गिफ्टमान्डुले साउनमा महिलाहरूका लागि हरिया र पहेला सारी र कुर्था, चुरा, पोते, धागो, वालेट, पर्फ्युम लगायतको प्याकेज वेबसाइटमा राखेको छ।

यस्तो प्याकेजका लागि गिफ्टमान्डुले सामानअनुसारको मूल्य राखेको छ।
त्यस्तै, कस्मेटिक क्याफेले साउन र तीजका लागि प्याकेज ल्याएको छ। कस्मेटिक क्याफेले आफ्नो फेसबुक र इन्टाग्राममा राखेको यो प्याकेज बजेटअनुसारको हुन्छ। सारी, ज्वेलरी (कानको झुम्का, सिक्री र औठी), चुरा, नेलपोलिस, मेहेन्दी, ब्रेसलेट, टीका, लिप्स्टिक, पोते, कपाल चेप्ने क्लिप हुनेछ। यसका लागि एक हजार रूपैयाँदेखिको प्याकेज सुरू हुन्छ।

त्यस्तै, चक्लेटबक्सले पनि आकर्षक प्याकेजिङ सहित साउनको उपहार प्याकेज राखेको छ। यो प्याकेजमा सारी, कुर्था सुरूवालसहित, मेहेन्दी, पर्स, चुरा, टीका, लिप्स्टिक लगायत समावेश छ। यसमा तपाईंले आफ्नो बजेटअनुसार सामान घटाउन वा थप्न पनि सक्नुहुन्छ।

केही वर्षयता अनलाइनमार्फत् सारी र कुर्था सुरूवाल बिक्री गर्दै आइरहेको करूणा कलेक्सनले पनि साउनको लागि हरियाली प्याकेज तयार गरिसकेको छ। जसमा तपाईंले विभिन्न थरीका सारीहरू रोज्न सक्नुहुनेछ।
महिलाहरूका लागि श्रृंगारका सामग्रीको साथमा कुर्था, सारी, चकलेट, सेनिटरी प्याड यो प्याकेजमा समावेश छ।

यी सँगै अहिले इन्टाग्राम र फेसबुकमार्फत् कस्मेटिक तथा गिफ्ट पसलहरूले यसरी उपहारका लागि प्याकेजमा राखेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖