• Saturday 24th of October 2026

नदीमा हाम फालेका पुरुषको मृत्यु


  • धनकुटा खबर
  • .

कैलालीको खुटिया नदीमा हाम फालेका पुरुषको मृत्यु भएको छ।
गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेस्थित खुटिया नदीको पुलबाट हाम फालेका सोही ठाउँ बस्ने ५५ वर्षीय जोक्करबहादुर गुरूङको मृत्यु भएको हो।

गुरूङले सोमबार राति ११ः३० बजे नदीबाट हाम फालेका थिए। पुलबाट हाम फालेर गम्भीर घाइते भएका गुरूङको सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

उनलाई डाक्टरले राति साढे १२ बजे मृत घोषणा गरेका थिए। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖