• Saturday 24th of October 2026

अहिलेसम्म १५ जना मृत भेटिए


  • धनकुटा खबर
  • .

काठमाडौं । गत शुक्रबार चितवनको भरतपुरस्थित सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये अहिलेसम्म १५ जना मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अधिकांश मृतकलाई नारायणी नदीमा भेटिएको छ । बाँकी यात्रुलाई खोज्ने कार्य जारी रहेको र बस अझै फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा गत शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो ।

यात्रु खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एउटा मोटरबोट, गोताखोर टोलीलगायत परिचालन गरिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖