• Wednesday 28th of October 2026

यसरी औपचारिक रूपमा समाजवादी मोर्चामा भित्रियो नेसपाको विद्रोही समूह


  • धनकुटा खबर
  • .

काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बाट बिद्रोह गरेको महिन्द्र राय यादव समूह समाजवादी मोर्चामा औपचारिक रूपमा भित्रिएको छ ।

मंगलबार बसेको मोर्चाको बैठकले यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलाई मोर्चामा सहभागी गराउने निर्णय गरेको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले बैठकपछि जानकारी दिए ।

उनले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र मोहन विक्रम सिंहको मसाललगायतलाई पनि मोर्चामा आबद्ध गराउन पहल गर्ने निर्णय भएको जानकारी दिए । प्रगतिशील र कम्युनिस्टहरूसँग छलफल गर्दै मोर्चामा आबद्ध गराउने आफूहरूको योजना रहेको उनको भनाइ छ ।

नेकपा एकीकृत समाजवादीको कार्यालयमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव विप्लव लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖